कालचिनीमा झुन्डिएको अवस्थामा किशोरको शव उद्धार

अलिपुरद्वार : कालचिनी ब्लकको हेमिल्टनगञ्ज इलाकामा 17 वर्षीय यीशु मण्डल नाम गरेको किशोरको झुन्डिएको अवस्थामा शव उद्धार भएको छ। प्राप्त जानकारीअनुसार हिजो साँझ परिवारका सदस्यहरूले यीशुलाई फोन गर्दा नउठाएपछि तिनीहरू घरमा पुगेर हेर्दा झुन्डिएको अवस्थामा यीशुलाई भेट्टाएपछि तत्कालै उद्धार गरेर लताबारी ग्रामीण अस्पतालमा लगे तापनि चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। घटनाको खबर पाएर कालचिनी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि आज पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *