कालचिनीमा झुन्डिएको अवस्थामा महिलाको शव उद्धार

कालचिनी: कालचिनी ब्लकको गरमबस्ती इलाकामा झुन्डिएको अवस्थामा एउटी महिलाको शव उद्धार भएको छ। मृतक महिला दशमी असुरको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार आज बिहानै परिवारका सदस्यहरूले झुन्डिएको अवस्थामा दशमीलाई देखेपछि तत्कालै उद्धार गरेर कालचिनीको उत्तर लताबारी ग्रामीण अस्पतालमा लगे तापनि चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। पारिवारिक सूत्रले दिएको जानकारी अनुसार हिजो दशमी मातेको अवस्थामा थिइन्। यसभन्दा अघि पनि दशमीले मातेको अवस्थामा आत्महत्या गर्ने प्रयास गरेकी थिइन्। अर्कोतिर, पुलिसले शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *