कालचिनीमा लाखौँ रुपियाँको अवैध काठ उद्धार

कालचिनी : कालचिनी ब्लकको चिनचुला चियाकमानबाट लाखौँ रुपियाँ मूल्यको अवैध काठ उद्धार भएको छ। गोप्य सूचनाको आधारमा बक्सा ब्याघ्र परियोजनाको पाना मोबाइल रेञ्जका वनकर्मीहरूले आज चिनचुला चियाकमान संलग्न इलाकामा अभियान चलाएर 5 वटा साल काठ र 8 वटा टीक काठ उद्धार गरेको छ। उद्धार गरेको काठको अनुमानित बजार मूल्य लगभग अढाई लाख रुपियाँ आँकेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *