कालचिनीमा महिला फुटबल प्रतियोगितामा सेन्ट्रल डुवर्स विजयी

कालचिनी : अलिपुरद्वार जिल्ला प्रशासन र कालचिनी पञ्चायत समितिको पहलमा आज कालचिनी ब्लक इन्डर टी गार्डन नक आउट महिला फुटबल प्रतियोगिताको आयोजना गरियो। कालचिनी थाना मैदानमा आयोजित उक्त फुटबल प्रतियोगिताको फाइनल खेलमा कालचिनी चियाकमान बनाम सेन्ट्रल डुवर्स चियाकमानमाझ भिडन्त भयो। ट्राइब्रेकरमा सेन्ट्रल डुवर्सले कालचिनी चियाकमानलाई हराएर विजयी बन्यो। उक्त फुटबल प्रतियोगितामा कालचिनी बीडीओ भुषण शेर्पा, ब्लक स्वास्थ्य अधिकारी सुभाष कुमार कर्मकार, अलिपुरद्वार जिल्ला परिषदका मेन्टर मोहन शर्मा लगायत अन्य शीर्ष व्यक्तिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *