कालचिनीमा मनाइयो विश्व आदिवासी दिवस

कालचिनी: कालचिनी ब्लक प्रशासन एवं अलीपुरद्वार जिल्ला प्रशासनको आयोजनामा कालचिनी डीमा जात्रा मैदानमा आज विश्व आदिवासी दिवस पालन गरियो। कार्यक्रम शुरू हुन अघि आज कालचिनी थाना मैदानबाट बाजा-गाजा तथा मादलको साथमा एउटा रंगारंग शोभायात्रा पनि निकालिइयो। उक्त शोभायात्रामा आदिवासी जनजातिका मानिसहरू आफ्नो सांस्कृतिक भेषभूषामा सामेल थिए। यस अवसरमा अलीपुरद्वारका जिल्लाशासक, पुलिस अधीक्षक, कालचिनीका बीडीओ, कालचिनी पञ्चायत समितिका सदस्य लगायत अन्य गण्यमान्य व्यक्तिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *