कालचिनीमा नालीबाट व्यक्तिको शव उद्धार

अलिपुरद्वार : अलिपुरद्वार जिल्लाको कालचिनी इलाकामा एउटा नालीबाट सोबनाथ लोहारा नाम गरेको एकजना व्यक्तिको मृतदेह उद्धार भएको छ। प्राप्त जानकारीअनुसार आज बिहान स्थानीय मानिसहरूले कालचिनी बासालाइन इलाकाको एउटा नालीमा मृतदेह देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर कालचिनी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि अलिपुरद्वार जिल्ला अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार सोबनाथ लोहारा गत एक हप्तादेखि निखोज रहेका थिए भने आज कालचिनी बासालाइन इलाकाको एउटा नालीबाट तिनको मृतदेह उद्धार भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *