कालचिनीमा सडक दुर्घटनामा रेलकर्मीको मृत्यु, 2 जना घाइते

कालचिनी : कालचिनी ब्लकको गाडोपाडा इलाकामा गत अबेर राति सडक दुर्घटनामा एकजना रेल कर्मीको मृत्यु भएको छ। मृतक व्यक्ति प्रकाश तिर्कीको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत राति प्रकाश तिर्की आफ्ना दुईजना साथीसित बाइकमा सवार भएर कामबाट घर फर्किरहेको समय गाडोपाडा इलाकामा वाहनसित बाइक ठोक्किँदा बाइकमा सवार 3 जना व्यक्ति घाइते भएको बताइएको छ। घटनापछि स्थानीय मानिस र कालचिनी थाना पुलिसको सहयोगमा घाइतेहरूलाई उद्धार गरेर लताबारी अस्पतालमा लगे तापनि घाइतेहरूमध्ये प्रकाश तिर्कीलाई चिकित्सकहरूले मृत घोषित गरिदिए। हाल दुईजना घाइतेहरूको उपचार चलिरहेको छ। पुलिसले मृतदेह उद्धार गरेर पोस्टमार्टमको लागि अलिपुरद्वार जिल्ला अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *