कालचिनीमा सडक दुर्घटनामा 2 जनाको मृत्यु, 3 जना घाइते

कालचिनी : कालचिनी ब्लकको पाशाखा रोडमा सडक दुर्घटनामा 2 जनाको मृत्यु भएको छ भने अन्य 3 जना घाइते भएका छन्। मृतकहरूमा भुटान निवासी दीपेन तामाङ र आनन्द शिवा सामेल छन्। प्राप्त जानकारी अनुसार गत राति पाशाखा रोडको सडक किनारमा एउटा लरी रोकेर राखेको थियो भने जयगाउँगामी एउटा सानो वाहनले लरीको पछिल्तिर धक्का दिँदा वाहनमा सवार 5 जना गम्भीर रूपमा घाइते भएको बताइएको छ। घाइतेहरूलाई तत्कालै उद्धार गरेर अस्पतालमा लगे तापनि अस्पतालमै 2 जनाको मृत्यु भएको छ भने अन्य 3 जनाको उपचार चलिरहेको छ। पुलिसले शव उद्धार गरेर पोस्टमार्टमको लागि अलिपुरद्वार जिल्ला अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *