कालचिनीमा सडक दुर्घटनामा महिलाको मृत्यु, 4 जना घाइते

अलिपुरद्वार : कालचिनीमा राष्ट्रिय राजमार्गमा सडक दुर्घटनामा एउटी महिलाको मृत्यु भएको छ भने अन्य 4 जना घाइते भएका छन्। प्राप्त जानकारी अनुसार आज बिहान कालचिनी ब्लकको मन्हराम इलाकाको राष्ट्रिय राजमार्गमा एउटा बस यात्री उठाउनको लागि रोकिरहेको समय पछिल्तिरबाट एउटा वाहनले धक्का दिँदा वाहनमा सवार एउटी महिलाको मृत्यु भएको छ भने एउटा नानीसहित 4 जना घाइते भएको बताइएको छ। घटनाको खबर पाएर कालचिनी थाना पुलिस घटनास्थलमा पुगेर घाइतेहरूलाई उद्धार गरेर अस्पतालमा पठाउनको साथै शव उद्धार गरेर पोस्टमार्टमको लागि अलिपुरद्वार जिल्ला अस्पतालमा पठाएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *