कालचिनीमा सडक दुर्घटनामा युवकको मृत्यु

कालचिनी : दशमीको राति कालचिनी ब्लकको हाँसीमारा सुभाषिनी इलाकामा सडक दुर्घटनामा एकजना युवकको मृत्यु भएको छ। मृतक युवक कालचिनी ब्लकको निमती चौपती इलाका निवासी 27 वर्षीय शुभदीप पालको रूपमा चिन्हित गरिएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार गत राति शुभदीप बाइकमा सवार भएर मदारीहाटतर्फ गइरहेको समय हाँसीमारा सुभाषिनी इलाकामा एउटा वाहनले धक्का दिँदा तिनी गम्भीर रूपमा घाइते भए। गम्भीर घाइते अवस्थामा तिनलाई स्थानीय मानिसहरूले उद्धार गरेर हाँसीमारा एयर फोर्स अस्पतालमा लगेपछि त्यहाँबाट कालचिनी उत्तर लताबारी ग्रामीण अस्पतालमा लगे तापनि चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। पुलिसले आज मृतदेह उद्धार गरेर पोस्टमार्टमको लागि अलिपुरद्वार जिल्ला अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *