कालचिनीमा सडक दुर्घटनामा 2 जनाको मृत्यु

कालचिनी : कालचिनी ब्लकको मेन्दाबारी मस्तराम इलाकाको 31 नम्बर राष्ट्रिय राजमार्गमा मर्मान्तिक सडक दुर्घटनामा दुईजना व्यक्तिको मृत्यु भएको छ। मृतक व्यक्ति असमको श्रीरामपुर निवासी क्रमैले ज्योतिष सरकार (31) र रतन सरकार (35)-को रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार आज बिहान असमको श्रीरामपुरबाट सिलगढीतर्फ आइरहेको एउटा सानो वाहन  र गुवाहाटीगामी एउटा ट्रक आपस्तमा ठोक्किँदा वाहनमा सवार दुईजना व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ भने ट्रक चालकलाई सामान्य चोट लागेको बताइएको छ। घटनाको खबर पाएर कालचिनी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि अलिपुरद्वार जिल्ला अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *