कालचिनीमा सडक दुर्घटनामा व्यक्तिको मृत्यु

कालचिनी : अलिपुरद्वार जिल्लाको कालचिनी गोरे लाइन इलाकामा गत राति सडक दुर्घटनामा अज्ञात व्यक्तिको मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार हिजो राति उक्त व्यक्ति बाइकमा सवार भएर गइरहेको समय कालचिनी गोरे लाइन इलाकामा बाइक अनियन्त्रित भएर सडकमा लड्दा तिनी गम्भीर रूपमा घाइते भएपछि तत्कालै उद्धार गरेर लताबारी अस्पतालमा लगे तापनि चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। मृतक व्यक्तिको शव उद्धार गरेर आज पोस्टमार्टमको लागि अलिपुरद्वार जिल्ला अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *