कालचिनीमा सड़क दुर्घटनामा व्यक्तिको मृत्यु

कालचिनी : अलिपुरद्वार जिल्लाको कालचिनी ब्लक अन्तर्गत जयगाउँ पासाखा मोड़मा गत अबेर राति सड़क दुर्घटनामा एकजना व्यक्तिको मृत्यु भएको छ। मृतक व्यक्ति 34 वर्षीय मोहन यादवको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार मोहन यादव गत अबेर राति पासाखा मोड़मा सड़क किनारमा उभिरहेका थिए भने त्यहीँ समय एउटा वाहनले धक्का दिँदा तिनी गम्भीर रूपमा घाइते भएको बताइएको छ। स्थानीय मानिसहरूको सहयोगमा गम्भीर घाइते अवस्थामा उद्धार गरेर लताबारी ग्रामीण अस्पतालमा लगे तापनि त्यहाँका चिकित्समहरूले तिनलाई मृत घोषित गरिदिए। कालचिनी पुलिसले आज शव पोस्टमार्टमको लागि अलिपुरद्वार जिल्ला अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *