कालचिनीमा सड़क दुर्घटनामा एकजनाको मृत्यु, 1 जना घाइते

कालचिनी: कालचिनी ब्लकको दलसिंहपाडा जीएसटी पुलिस क्याम्प संलग्न इलाकामा भयावह सडक दुर्घटनामा एकजना युवकको मृत्यु भएको छ भने अन्य एकजना युवक गम्भीर रूपमा घाइते भएका छन्। मृतक युवक जयगाउँ निवासी 18 वर्षीय प्रतीस दासको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत राति प्रतीक दास तिनका काका सञ्जय नागसित दलसिंहपाडामा साथीको जन्मदिनको पार्टी मनाउन गएका थिए। यसपछि राति ती दुई स्कुटीमा सवार भएर घर फर्किरहेको समय दलसिंहपाडा जीएसटी पुलिस क्याम्प संलग्न इलाकाको भुटानगामी एशियाई हाईवेमा एउटा पिकअप भ्यानले स्कुटीलाई धक्का दिँदा तिनीहरू सडकमा लडे। यसपछि उक्त पिकअप भ्यान तिनीहरूमाथि पल्टिँदा ती दुवै गम्भीर रूपमा घाइते भएपछि तत्कालै जयगाउँ पुलिसले घाइतेहरूलाई उद्धार गरेर लताबारी ग्रामीण अस्पतालमा लगे तापनि चिकित्सकहरूले प्रतीक दासलाई मृत घोषित गरिदिए। अर्कोतिर, घाइते सञ्जय नाग हाल कुचबिहारको एउटा निजी अस्पतालमा उपचाराधीन अवस्थामा छन्। कालचिनी पुलिसले आज शव उद्धार गरेर पोस्टमार्टमको लागि अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *