कालचिनीमा सड़क दुर्घटनामा एकजनाको मृत्यु, एकजना घाइते

कालचिनी : कालचिनी ब्लकको सुभाषिनी चियाकमान इलाकामा सड़क दुर्घटनामा एकजना व्यक्तिको मृत्यु भएको छ भने अन्य एकजना व्यक्ति घाइते भएका छन्। प्राप्त जानकारीअनुसार मदारीहाट ब्लक अन्तर्गत हन्टापाड़ा चियाकमान निवासी सुभाष उराव र पोखरा सिंह होरो बाइकमा सवार भएर निमती चियाकमान इलाकामा आफन्ताको घरमा गइरहेको समय सुभाषिनी चियाकमान इलाकामा एउटा ट्रकले बाइकलाई धक्का दिँदा बाइकमा सवार दुवैजना सडकमा लडे। यसपछि तत्कालै तिनीहरूलाई घाइते अवस्थामा उद्धार गरेर लताबारी ग्रामीण अस्पतालमा लगे तापनि चिकित्सकहरूले सुभाष उरावलाई मृत घोषित गरिदिए भने पोखरा सिंह होरोलाई अलिपुरद्वार अस्पतालमा रेफर गरिदिएको बताइएको छ। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि अलिपुरद्वार जिल्ला अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *