कालचिनीमा सोनाम ल्होछार पालन

अलिपुरद्वार : डुवर्स तामाङ युथ एसोसिएसनको तर्फबाट आज कालचिनी चियाकमान मैदानमा सोनाम ल्होछार उत्सव भव्य रूपमा पालन गर्यो। तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होछार आज विविध कार्यक्रमको माध्यमद्वारा पालन गरियो। कार्यक्रममा डुवर्सका विशिष्ट व्यक्तिहरूलाई तामाङ डुवर्स भूषण उपाधिद्वारा सम्मानित गरियो। यस अवसरमा अलिपुरद्वार जिल्ला परिषद्का मेन्टर मोहन शर्मा, तामाङ युथ एसोसिएसनका केन्द्रीय कमिटीका अध्यक्ष दिलीप पाखरिनलगायत अन्य शीर्ष व्यक्तिहरू एवम् धेरै संख्यामा तामाङ समुदायका मानिसहरू उपस्थित थिए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.