कालचिनीमा तस्करी गर्न अगावै 3 लाख रूपियाँको लट्ठा जफत

अलिपुरद्वार (निसं): वन विभागले कालचिनी ब्लक अन्तर्गत गंगुटिया चिया बगानमा अभियान चलाएर लगभग 3 लाख रुपियाँ मूल्यको साल अनि सैगुणको लट्ठा जफत गरेको छ। प्राप्त जानकारी अनुसार गोप्य सुइँकोमार्फत थाहा पाएपछि वन विभागको पाना रेञ्ज र पाना मोबाइल रेञ्जले कालचिनी ब्लकको गंगुटिया चिया बगानमा अभियान चलायो। उक्त अभियान अवधि सालको 13 वटा लट्ठा अनि सैगुणको 2 वटा लट्ठा जफत गरेको छ। वन विभाग अनुसार 80 सीएफटी काठ जफत गरेको छ। उद्धार गरेको काठको मूल्य लगभग 3 लाख रूपियाँ रहेको छ। वन विभागले मामिलाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *