कालचिनीमा वीर बिरसा मुण्डाको 145औँ जन्म जयन्ती पालन

कालचिनी : कालचिनी ब्लकको डिमा इलाकामा स्वाधीनता संग्रामी वीर बिरसा मुण्डाको 145औँ जन्म जयन्ती पालन गरियो। स्वाधीनता संग्रामी वीर बिरसा मुण्डाको सालिगमा फुलमाला लगाइ दिएर श्रद्धा सुमन अर्पन गरियो। बिरसा मुण्डा आयोजक कमिटीको तर्फबाट प्रत्येक वर्ष वीर बिरसा मुण्डाको जन्म जयन्ती पालन गर्ने गरेको कमिटीका विनय भूषण केरकट्टाले बताए। कोरोना महामारीको समयमा सामाजिक दूरी पालन गरेर कार्यक्रमको आयोजना गरिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *