कालचिनी ब्लकको विभिन्न इलाकामा छट पुजा पालन

कालचिनी :कालचिनी ब्लकको दलसिंहपाडाको तोर्षा नदीमा आज चैती छट पुजा पालन गरियो। विशेष गरेर आज हिन्दी भाषी बिहारी समुदायले पवित्र पर्व चैती छट पुजाको रूपमा पालन गर्ने गर्दछ। आज बिहारी समुदायका मानिसहरूले तोर्षा नदीमा पुजा अर्चना गर्नको साथै अस्ताइरहेको सूर्यलाई अर्घ्य चढाए भने भोलि बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिनको साथै पुजा अर्चना गरेर पुजाको समापन हुनेछ। आज दलसिंहपाडाको तोर्षा नदीमा पुजा गर्न आउने भक्तहरूको निक्कै भीड देखियो। यसको साथै लताबारी इलाकामा पनि चैती छट पुजा पालन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *