कालचिनी राजाभात चिया कमानबाट झुन्डिएको अवस्थामा शव उद्धार

कालचिनी: कालचिनी ब्लकको राजाभात चिया कमानको चार नम्बर सेक्शनमा एकजना व्यक्तिको झुन्डिएको अवस्थामा शव उद्धार गरेपछि इलाकामा शोकको माहौल छाएको छ। मृतकलाई सन्त बीर विश्वकर्मा (48) को रूपमा चिन्हित गरिएको छ। तिनी राजाभात चिया कमानका वासिन्दा थिए। अर्कोतिर, घटनाको खबर पाउन साथ पुलिसले घटनास्थलमा पुगेर शवलाई उद्धार गर्नको साथै शव पोस्टमार्टमको लागि अस्पताल पठाइदिएको छ। कालचिनी पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *