कालचिनी सडक दुर्घटनामा 4 जना घाइते

सिलगढी (निसं): कालचिनी ब्लकको डीमा क्षेत्रमा भएको सडक दुर्घटनामा चारजना घाइते भएका छन्। प्राप्त जानकारी अनुसार डीमा क्षेत्रमा आज बुधवार अपरान्ह तीव्र गतिमा आइरहेको एउटा बाइकले एकजना वृद्ध साइकल चालकलाई धक्का दिए। यस दुर्घटनामा बाइकमा सवार तीनजना युवक अनि साइकल चालक वृद्ध सडकमा लडेपछि घाइते भए। घटनास्थलबाट स्थानीय मानिसहरूले ती चारै जना घाइतेलाई उद्धार गरेर लताबाड़ी अस्पतालमा उपचारको लागि लगे। घाइतेहरू मध्ये वृद्धको हालत चिन्ताजनक रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *