कालीझोडा छेउ सेतीझोड़ा पुलमा वाहन दुर्घटनामा 2 जनाको मृत्यु, 7 जना घाइते

रम्बी: एनएच 10 अन्तर्गत सेतीझोड़ा पुल नजिक वाहन दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने अन्य 7 जना गम्भीर रूपमा घाइते भएका छन्। सिलगढीबाट डब्ल्यूबी 76-9840 नम्बर रहेको यात्री वाहक वाहन सिक्किमतिर गइरहेको समय अनियन्त्रित हुँदा उक्त दुर्घटना भएको जानकारी प्राप्त भएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार आज दिउँसो लगभग 2 बजी सिलगढ़ीबाट उक्त यात्री वाहक वाहन गान्तोक गइरहेको समय सेतीझोड़ाको पुलमा दुर्घटनाग्रस्त हुँदा चालकको मृत्यु भएको छ भने वाहनमा सवार एकजना महिलालाई रम्बी प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाँदा बाटोमै मृत्यु भएको बताइएको छ।


यसबाहेक अन्य घाइतेहरूलाई रम्बी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको लागि लगिएको जानकारी प्राप्त भएको छ। यस घटना विषयमा सेभोक पुलिस आउट पोष्टको पुलिससित जान्न चाहाँदा दुर्घटना भएकोले घाइतेहरू बोल्ने अवस्थामा नभएकोले तिनीहरू कहाँको हो भन्ने बारे थाहा नलागेको तर घाइतेहरूलाई प्राथमिक उपचारको लागि रम्बी प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *