कालीझोडा जनमैदानमा खुल्ला नकआउट फुटबल प्रतियोगिता शुरू

कालीझोडा : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा कालीझोडा शाखाको आयोजनामा कालीझोडा जनमैदानमा खुल्ला नकआउट फुटबल प्रतियोगिताको पहिलो खेल आज अश सालुगढा बनाम उत्तम एलाभेन माझ सम्पन्न भयो। प्रमुख अतिथिको रूपमा उपस्थित केबी गुरुङ सिटोङ लाट भागोप पार्टी अध्यक्ष अनि विशिष्ट अतिथि केन्द्रिय युवा शक्ति प्रवक्ता अनित खातीले एक जोडी परेवा उडाएर खेलमा शान्ति सद्भभावना र भाइचारा रहिरहोस् भनी कामना गर्दै खेलको प्रारम्भ गरे। अन्य विशेष अतिथिहरूमा युवा केन्द्रिय साङ्ठनिक सचिव संजय गुरुङ, खरसाङ महकुमा कार्यकारिणी सदस्य बलिचन्द लामा, केन्द्रिय युवा शक्ति कार्यकारिणी सदस्य सुरज तामङ, आयोजक समिति एवम् शाखा अध्यक्ष राजु तामङ, सचिव अङगत प्रधान, शिक्षिका बिन्दु छेत्री, समष्टि उपाध्यक्ष ललित गुरुङ आदि उपस्थित थिए।


आजको शुरुआती खेलको कार्यक्रमलाई शाखा उपाध्यक्ष लाक्पा शेर्पाले सञ्चालन गरेका थिए। स्थानीय युवाहारूलाई खेलप्रति रुचि बढाउन प्रायः स्थानीय दलहरूलाई प्राथमिकता दिएको आयोजक पक्षमा राजु तामाङल्रे जानकारी दिएका छन्। उक्त खुल्ला नकआउट फुटबल प्रतियोगिताको विजेता टोलीलाई आकर्षक ट्रफीसहित 1 लाख नगद पुरस्कार अनि उप- विजेता टोलीलाई ट्रफी सहित 50 हजार रुपियाँ नगद राशि प्रदान गरिनेछ। उक्त फुटबल प्रतियोगितामा मोठ 28 वटा टोलीले अंश ग्रहण गरेको छ भने यसको फाइनल खेल आगामी 31 दिसम्बरमा सम्पन्न हुनेछ। आजको पहिलो खेलमा ट्राइ ब्रेकरमा अश सालुगढा विजयी बन्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *