कालीझोडा कमला वाटरफलमा नुहाउन गएका युवक  डुबेपछि निखोज, युवकको खोजी जारी

सिलगढी (निसं): अफिसबाट छुट्टी लिएर आफ्नो साथीहरूसित कालीझोडाको कमला वाटरफलमा नुहाउन गएका एकजना युवक पानीमा डुबेको घटना प्रकाशमा आएको छ। युवक अझसम्म निखोज रहेकोले गर्दा तिनको खजी जारी रहेको छ। पानीमा डुबेर निखोज भएका  युवकको नाम सायरेश  साहनी (22) हो। तिनी सिलगढी संलग्न जाब्राभिटा इलाका निवासी हुन्। सायरेश एउटा निजी कम्पनीमा काम गर्छन्।

प्राप्त जानकारी अनुसारबिहिबार अफिसबाट छुट्टी लिएर सायरेश  केही साथीहरूसित बिहान लगभग 7 बजे कारमा सवार भएर  कालीझोडा कमला वाटरफलमा गएका थिए। त्यहाँ पुगेपछि सायरेश आफ्ना साथीहरूसित नुहाउनको लागि पानीमा गए तर, तिनी पौडिन नजाने पछि पानीमा डुबे। साथीहरूले सायरेशलाई धेरै खोजी गरे तापनि तिनको कुनै पत्तो लागेन। यसपछि  साथीहरूले स्थानीय पुलिस प्रशासनलाई घटनाबारे सूचना दिए। पानी धेरै गहिरो भएकोले गर्दा हालसम्म निखोज युवको कुनै पत्तो नलागेको बताइएको छ। तथापि, तैराकीहरूको सहयोगमा युवकको खोजी जारी छ। 

यसैबीच, परिवार पक्षले आरोप लगाए अनुसार सायरेशलाई हिज बिहान तिनका साथीहरूले बोलाएर लगेका थिए।  सायरेशलाई पौडिनु आउँदैन थियो। तिनका साथीहरूले पनि भिन्न-भिन्नै वयान दिइरहेका छन्। यसले गर्दा परिवारलाई तिनका साथीहरू माथि नै आशंका लागीरहेको बताइएको छ। सायरेशलाई साथमा लिएर गएपछि तिनको हत्या गरेको परिवार पक्षको आरोप रहेको छ। परिवारले पुलिस प्रशासनसित घटनाको उचित जाँच गरिदिने अपिल गरेको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetholiganbetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbetmobilbahisritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes