कालीझोडामा ड्रग्स सेवनविरुद्ध जनचेतनामूलक कार्यक्रम

सेभोक : सेभोक पुलिस पोस्ट प्रभारी तपन कुमार दासको नेतृत्वमा कालीझोडा प्राथमिक पाठशाला भवनमामा लागू औषधी दुरुपयोग, अवैध मदिरा, ब्याङ्क ठगी, सेफ ड्राइभ सेभ लाइफ, घरेलु हिंसा लगायत अन्य विविध विषयलाई लिएर जनचेतना मूलक कार्यक्रम सम्पन्न गरियो। उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, गैर-सरकारी संस्था, व्यवसायी, स्वयम् सहायता समूह, व्यवसायिक समुदाय, समाजसेवीहरु उपस्थित थिए। हाल दार्जिलिङ पहाडमा बढ्दो ड्रग्स तस्करी अनि ड्रग्स सेवनमा रोक लगाउने उद्देश्य लिएर पुलिस अनि स्थानीय जनताको संयुक्त आयोजनामा उक्त जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको हो।


ड्रग्स सेवनमा वृद्धिको कारण नै विभिन्न क्षेत्रमा हत्या अनि हिंसाको घटनाहरू निक्कै बढ्दै गएकोले यसलाई रोकथाम गर्नको लागि सम्पूर्ण समाज अनि संस्थाहरू अघि आउनु नितान्त अवश्यक रहेको छ। पहाडमा ड्रग्स सेवन अनि ड्रग्स तस्करी गुटलाई  जरैबाट नै उखाल्न दार्जिलिङ जिल्ला पुलिस अधीक्षक स्वयम् अघि आएका छन् भने ड्रग्स सेवनमा रोकथाम लगाउन सेभोक पुलिस प्रभारी एसआई तपन कुमार दास, मङपु आउट पोस्ट पुलिस प्रभारी एसआई बिजय थामीले विभिन्न संघ-संस्थाको संयुक्त पहलमा जनचेतनामूलक कार्यक्रमहरू गर्दै आइरहेका छन्। पुलिसले स्थानीय ड्रग्स बेचबिखान गर्नेहरूलाई पक्राउ गर्दै कानुनी कार्वाही गरिरहेको छ भने ड्रग्स सेवन गर्नेहरूलाई नशामुक्त केन्द्र (रिह्याभ सेन्टर)-मा पठाउने कार्य पनि गरिरहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *