कालीझोड़ा नजिक वाहनभित्र चालक मृत अवस्थामा उद्धार

सेभोक : राष्ट्रिय राजमार्ग 10 अन्तर्गत कालीझोड़ा नजिक एकजना वाहन चालकलाई वाहन (WB73AO125) भित्र नै मृत अवस्थामा फेला पारिएको छ। प्राप्त जानकारीअनुसार उक्त माल वाहक वाहन दबाई लिएर कालेबुङतर्फ गइरहेको थियो। तथापि, चालक को हुन् अनि तिनको कसरी मृत्यु भयो भन्नेबारे हालसम्म पूर्ण जानकारी प्राप्त भएको छैन। सेभोक पुलिसले घटनाको जानकारी पाएर घटनास्थलमा पुगेर छानबीन शुरू गरिरहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *