काली मन्दिर तोडफोड गर्ने व्यक्ति पक्राउ

सिलगढी : सिलगढी मेट्रोपोलिटन पुलिसको न्यु जलपाईगढी थाना अन्तर्गत गेट बजारस्थित काली मन्दिरमा हालै चोरी गर्ने प्रयास गर्नको साथै मूर्ति तोडफोड गरेको घटनामा पुलिसले एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवक न्यु जलपाईगढी थानाको ममतापाड़ा इलाका निवासी राजु दासको रूपमा चिन्हित गरिएको छ। पक्रा परेका आरोपीलाई आज जलपाईगढी अदालतमा पेश गरियो। स्मरण रहोस्, केही दिन अघि न्यु जलपाईगढी थानाको गेट बजार काली मन्दिरमा चोरी गर्ने प्रयास गर्नको साथै त्यहाँको काली माताको मूर्ति समेत तोडफोड गरेको घटनापछि पुलिसले उक्त घटनामा संलग्न आरोपीहरूको खोजी गरिरहेको थियो भने आरोपीलाई हिजो बेलुकी पक्राउ गर्न पुलिस सफल भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *