कालेबुङको 42 नम्बर समष्टिका 100 युवाहरूद्वारा बिमल गुरूङलाई समर्थन

कालेबुङ :  कालेबुङको सिन्जी रेली 42 नम्बर समष्टि अन्तर्गत पर्ने चारखोलमा समालबोङ, सिन्जी, तन्याङ आदि क्षेत्रहरूबाट आएका लगभग 100 जना युवाहरूले गोजमुमो एकका अध्यक्ष बिमल गुरूङलाई समर्थन जनाए। भाजपा तथा गोजमुमो 2 लाई त्यागेर गोजमुमो एकलाई समर्थन गर्नेहरूलाई पार्टीका अध्यक्ष बिमल गुरूङले खदा लगाइदिएर आफ्नो पार्टीमा स्वागत जनाए।


यस अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै बिमल गुरूङले भने, हाम्रो भविष्य राम्रो बनाउन अब युवाहरू राजनीतिमा अघि आउनुपर्छ। तिनले आफ्नो जन्म दिने अभिभावक नभएर कर्म दिने अभिभावक रहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *