कालेबुङ 16 नम्बरबाट 36 परिवार, अप्पर ईच्छेबाट 10 परिवार गोजमुमो-मा सामेल

कालेबुङ: बिमल गुरुङको बलियो गढ मानिएको कालेबुङ 16 नम्बर वार्डबाट 36 परिवार, अप्पर ईच्छेबाट 10 परिवार गोजमुमो विनय पन्थीमा आज सामेल भएका छन्। हाल गोर्खा जनमुक्ति मोर्चा बिनय समूहमा सामेल हुने क्रम जारी छ। आज कालेबुङको एउटा  होटलमा आयोजित दलीय कार्यक्रमबीच गोजमुमो अध्यक्ष बिनय तामङले विभिन्न पार्टी त्यागेर मोर्चामा सामेल हुन आएका समर्थकहरुलाई पार्टीको झण्डा प्रदान गरे। यस अवसरमा बिमल गुरुङको बलियो गढ मानिएको कालेबुङ 16 नम्बर वार्डका 36 घरले स्थानीय पिङ्की लेप्चाको अगुवाइमा झण्डा ग्रहण गरे । यसरी नै यहाँको अप्पर इच्छे 34 नम्बर समष्टिबाट पनि निमा लामु भोटियाको नेतृत्वमा मोठ 10 परिवारले बिमल पन्थी, जाप, भाजपा छोडेर गोर्खा जनमुक्ति मोर्चामा सामेल हुँदै दलिय झण्डा ग्रहण गरे। नयाँ सोंच र नयाँ बिचारमा पहाडको उन्नति भइरहेको देखेर साथै कोभिडको महामारीमा जीटीए अध्यक्ष अनित थापाको निस्वार्थ कार्य देखेर आफुहरु प्रभावित भएको तिनीहरुले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *