कालेबुङ 35 नम्बर समष्टि नारी मोर्चाका प्रतिनिधिहरूलाई भेटे गोजमुमो नेता अनित थापाले

कालेबुङ: हाल कालेबुङको भ्रमणमा रहेका गोर्खा जनमुक्ति मोर्चा 2- का कार्यवाहक अध्यक्ष अनित थापाले यहाँको 35 नम्बर समष्टिको नारी मोर्चाका प्रतिनिधिहरूसित आज भेटघाट गरे। यस अवसरमा नारी मोर्चाका प्रतिनिधिहरूले आफ्नो स्थानका घटिरहेको राजनैतिक घटनाक्रम तथा संगठनको अवस्था, स्थितिको विषयमा जानकारी दिए। कार्यक्रममा प्रतिनिधिहरूलाई सम्बोधन गर्ने क्रममा अनित थापाले भने, “अब पार्टी सिस्टममा चल्नेछ। पार्टीको स्थानीय नेतृत्वलाई अझ दह्रिलो बनाउन कदम उठाइसकेको छु। कालेबुङलाई परेको समय म सधैं उभिएको हुन्छु। पहिला जस्तो म धेरै समय यहाँ बिताउनु सक्दिनँ होला तर पार्टीको स्थानीय नेतृत्वहरु नै अनित थापा हुन्। अब निर्णय स्थानीय स्तरमा स्थानीय नेतृत्वहरूले नै लिनुपर्छ।”


 

प्रतिनिधिहरूको मनोबल बढाउँदै तिनले समयसँगै परिवर्तन आउँछ, हाम्रो पहाडको भविष्य राम्रो बनाउनु व्यक्ति विशेषको संगठन अनि नेतृत्व हुनु हुँदैन। जति नेताहरुको पार्टीमा योगदान हुन्छ त्योभन्दा धेर क्याडरको योगदान छ। क्याडारको योगदानलाई पार्टीले अवश्य सम्मान गर्नेछ भनी बताए। यस बैठकमा कालेबुङ नगरपालिकाका अध्यक्ष रवि प्रधान, नारी मोर्चाका मुन्ना भुजेल आदिको पनि विशेष उपस्थिति थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *