कालेबुङ 3 माइल टासीडिङमा लोग्ने-स्वास्नीको जघन्य हत्या

कालेबुङ : कालेबुङको 3 माइल टासीडिङमा एक दम्पतिको जघन्य हत्या भएको छ। स्थानीय मानिसहरूले आज बिहान खुनले लतपत भएको अवस्थामा लोग्ने स्वास्नीको शव देखेपछि यसबारे पुलिसलाई जानकारी गराए। स्थानीय गाउँलेहरूले दिएको जानकारी अनुसार मृतक लोग्ने-स्वास्नीलाई खडक बहादुर खड्का र श्रीमती विष्णु छेत्रीको रूपमा चिन्हित गरिएको छ।


खडक बहादुर छेत्रीले गाई-बाख्रा बेच बिखन गर्ने गर्थे। तिनले तेस्रो श्रीमतीको रूपमा अढाई महिना अघि मात्र श्रीमती विष्णु छेत्रीसित विवाह गरेका थिए। पुलिसले घटनास्थलमा पुगेर लोग्ने-स्वास्नी दुईजनाको शव उद्धार गर्नको साथै घटनाको जाँच शुरू गरेको बताइएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *