कालेबुङबाट 2900 परिवार हिल टीएमसी-मा सामेल भएको सांसद शान्ता छेत्रीको दावी

कालेबुङ : कालेबुङ जिल्लाका विभिन्न ठाउँका लगभग 2900 परिवार आज हिल टीएमसीमा सामेल भएको राज्य सभा सांसद शान्ता छेत्रीले पत्रकार सम्मेलन मार्फत जानकारी दिएकी छन्। भर्चुअल सभाको माध्यमले कालेबुङ जिल्लाका विभिन्न स्थानबाट स्थानीय पार्टी प्रतिनिधिहरुले आज पार्टीमा सामेल हुने समर्थकहरुलाई स्वागत जनाउँदै दलीय झण्डा प्रदान गरे। आज कालेबुङको दलीय कार्यालयमा राज्य सभा सांसद तथा कालेबुङ पार्टी पर्यवेक्षण शान्ता छेत्रीको बिशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा जिल्ला संयोजक सुमन गुरुङ, खण्ड एक सभापति सुरज बाग्दास, प्रणय थुलुङ लगायत पार्टीका पदाधिकारी तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो। पहाडको इतिहासमा पहिलोपल्ट यति धेरै एकै दिनमा समर्थन जनाएको बताउँदै भावनाको राजनीति छोडेर यथार्थको राजनीति गर्नुपर्ने सासंद शान्ता छेत्रीले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *