कालेबुङ भालुखोप काण्डका 4 जना आरोपी पक्राउ

कालेबुङ : कालेबुङ भालुखोप काण्डका 4 जना आरोपीलाई पुलिसले पक्राउ गरेको छ। पक्रा परेकाहरूमा सरण राई, किशोर राई, लक्ष्मण छेत्री र विकास खवास सामेलछन्। पुलिसले यी 4 जना आरोपीलाई मल्लीको एउटा होटलबाट पक्राउ गरेको बताइएको छ। स्मरण रहोस्, सत्तारुढ पार्टी र यसको गठबन्धन दलका केही दुष्कृतिहरूले हिजो कालेबुङको भालुखोप ग्राम पञ्चायतबाट चुनाउ लडिरहेका भाजपा प्रार्थी इमानुएल लेप्चाको घरमा प्रवेश गरेर पार्किङमा राखेको तिनका वाहन तोडफोड गर्नको साथै तिनको नाबालिका छोरीलाई समेत हमला गर्दा नाबालिका घाइते भएको थियो। पीडित पक्षले हिजो कालेबुङ थानामा 4 जना विरुद्ध प्राथमिकी दर्ता गरेको थियो। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले गत रातिनै मल्लीको एउटा होटलबाट 4 जनालाई आरोपीलाई पक्राउ गरेको जानकारी प्राप्त भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *