कालेबुङ बोङ ग्राम पञ्चायतमा रेजिना लेप्चा प्रधान अनि मार्सङ लामा उप प्रधान चयन, शुक्रबार बोर्ड गठन गरिने

कालेबुङ (निसं): नवनिर्वाचित पञ्चायत सदस्यवहरूलाई लिएर औपचारिक बोर्ड गठन प्रक्रिया शुरू हुन अघि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा कालेबुङ जिल्ला समितिले विभिन्न ग्राम पञ्चायतका प्रधान अनि उप प्रधान पदको निम्ति सदस्य मनोनीत गर्दै आइरहेको छ।


यसैक्रममा भागोप्रमो जिल्ला समितिले बोङ ग्राम पञ्चायतका निम्ति पनि प्रधान अनि उपप्रधानको नाम सार्वजनिक गरेको छ, जसमा रेजिना लेप्चालाई प्रधान अनि मार्साङ लामालाई उप-प्रधान पदको निम्ति मनोनीत गरेको छ। बोङ ग्राम पञ्चायतको औपचारिक बोर्ड गठन अनि शपथ ग्रहण कार्यक्रम भोली 11 अगस्तको दिन स्थानीय पञ्चायत कार्यालयमा गरिने पार्टी सूत्रले जानकारी दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *