कालेबुङ चालक संगठन गोजमुमो बिमल खेमामा सामेल

कालेबुङ : गोजमुमो दुईका अध्यक्ष विनय तामाङले पार्टीबाट राजीनामा दिएपछि कालेबुङ मेन रोड ए चालक संगठनका सदस्यहरूले पनि आजदेखि पार्टी त्यागेर गोजमुमो बिमल खेमालाई समर्थन जनाएका छन्। कालेबुङस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर आज तिनीहरूले अबदेखि गोजमुमो दुईलाई त्यागेर बिमल गुरूङको नेतृत्वलाई समर्थन जनाएको घोषणा गरे। यस अवसरमा चालक संगठनका अध्यक्षले बताएअनुसार विनय तामाङले जब पार्टीको झण्डा नै आफ्नो अभिभावक अध्यक्ष बिमल गुरूङलाई सुम्पेपछि उनीहरूको पनि अध्यक्षमाथि नै आस्था रहेको जानकारी दिँदै अबदेखि गोजमुमो बिमल खेमाको भ्रातृ संगठन जनमुक्ति चालक महासंघको छत्र छाँयामा बसेर पूर्ण समर्थन जनाउँदै काम गर्नेछौँ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *