कालेबुङ चारखोल घुम्न आएका पर्यटकको मृत्यु

कालेबुङ: दक्षिण दिनाजपुरको 13 जना पर्यटकहरू कालेबुङको चारखोल घुम्न आएका थिए। उनीहरु चारखोलको एउटा होमस्टेमा बास बसेका थिए। यसै बीच गत राति 54 वर्षीय अरघा दास नाम गरेको पर्यटकको अचानक हृदय घात भएर स्वास्थ्य बिग्रिएपछि तिनलाई समथर स्वास्थ केन्द्र लागिएको थियो, जहाँ तिनलाई मृत घोषित गरिएको बताइएको छ। कालेबुङ जिल्ला अस्पतालमा शुक्रबार पोस्टमार्टम गरेपछि पुलिसले शव तिनीसितै आएका टोलीलाई जिम्मा दिएको छ। सम्पूर्ण घटनाबारे मृतक टोलीका पर्यटक सुमित कुमार दासले पत्रकारहरूलाई जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *