कालेबुङ छोटा भालुखोपका कौशिला कटुवालको घर जलेर स्वाहा

कालेबुङ: कालेबुङ 34 नम्बर समष्टि अन्तर्गत छोटा भालुखोप निवासी कौशिला कटुवालको घर गत राति आगो लागेर जलेपछि खरानी भएको छ। आगोले सम्पूर्ण घरसहित सबै सर-सामानहरू जलेर नष्ट भएको तथा केही समान पनि घरबाट निकाल्न नपाएको पारिवारिक सूत्रले जनाएको छ।


यता, घटनाको खबर पाएर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको समष्टी स्तरीय नेतृत्व बिकास राई लगायत अन्य प्रतिनिधिहरू आज बिहान घटनास्थलमा पुगेर निरीक्षण गर्नको साथै पिडित परिवारसित भेटेर भलाकुसारी गर्दै केही सहयोग प्रदान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *