कालेबुङ डुका निवासी रोशन लेप्चाको घरमा आगलागी

कालेबुङ : कालेबुङ खण्ड दुई अन्तर्गत पर्ने कागे ग्राम पञ्चायत स्थित डुका निवासी जम्पन लेप्चाको छोरा रोशन लेप्चाको घरमा आज दिउँसो लगभग 3 बजी सट सर्किटको कारणले आगलागी भएको छ। पीडित रोशन लेप्चाको दाजु सुलवेष्टर लेप्चाले दिएको जानकारी अनुसार घर मालिक बिहानै कालेबुङ बजार गएका थिए भने घरमा केवल 78 वर्षीय पिता जम्पन लेप्चा एक्लै भएको समय उक्त घटना घट्यो।


उक्त आगलागीमा घरको सबै सर-समान पूर्ण रूपले जलेर नष्ट भएको छ भने आगलागीमा लगभग 2 लाख रुपियाँको सर-समान जलेर भष्म भएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *