कालेबुङ गोजमुमोको दुईवटा समष्टि कमिटी पुन: गठन

कालेबुङ : गोजमुमोका अध्यक्ष बिनय तामङको उपस्थितिमा कालेबुङको दुइवटा समष्टि कमिटी पुनः गठन गरिएको छ। गत 16 नोभेम्बर 2019 को दिन कालेबुङ्को डाक्टर ग्राम होम्स्-को सार्वजनिक भवनमा बसेको केन्द्रीय समितिको बैठक अवधी यहाँको 33 र 36 नम्बर समष्टि कमिटी विघटन गरिएको थियो। क्षेत्रीय स्तरमा पार्टीको बिस्तार र क्षेत्रीय समस्याहरुको समाधान गर्न नयाँ कमिटी गठन गरिएको मोर्चा अध्यक्ष बिनय तामाङले बताएका छन्। आफ्नो स्वार्थ पुर्तीको लागि होईन तर आफ्नो क्षेत्रको बिकास गर्न र आम मानिसहरूलाई न्याय दिलाउनको निम्ति पार्टी गर्नु पर्ने तिनले आज आफ्नो मन्तव्य पोखे। आज गठ गरिएको 33 नम्बर समष्टिमा सभापति अनुप छेत्री,कार्यकारी अध्यक्ष बार्देन लेप्चा, महासचिव हेमन्त खवास, लगायत 39 जना अन्य कार्यकारी सदस्यहरू सामेल रहेका छन् । यसैगरी, आज गठन गरिएको 36 नम्बर समष्टिका सभापति सोनाम याक्खा, सचिव दिलिप भुजेल लगायत अन्य 36 जनाको समिति चयन गरिएको पार्टी सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *