कालेबुङ जनमुक्ति पार्कको सुन्दरीकरण कार्य शुरू

कालेबुङ: कालेबुङ नगरपालिकाद्वारा विशेष गरेर कालेबुङ आउने देशी-विदेशी पर्यटक तथा घुम्न आउने मानिसहरूको सुविधाको लागि यहाँको जनमुक्ति पार्कलाई अझ सुन्दरीकरण गरिने भएको छ। आज कालेबुङ नगरपालिका अध्यक्ष रवि प्रधानले जनमुक्ति पार्कको परिभ्रमण गरे। यस अवसरमा तिनले बताए अनुसार जनमुक्ति पार्कलाई अझ सुन्दरीकरण गरिने कार्य आजदेखि शुरू गरिएको छ। अब यो पार्कमा मानिसहरूको सुविधाको लागि कालेबुङ नगरपालिकाको तर्फबाट खाने, खेल्ने, कार्यक्रम गर्ने, मेडिटेसन गर्ने स्थल आदि निर्माण गरिने छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *