कालेबुङ जिल्लाका दुई महिला कोरोना सङ्क्रमित

कालेबुङ : कालेबुङ जिल्लामा पुन: कोरोना सङ्क्रमित भेट्टाइएको छ। लगभग दुई महिना पछि कालेबुङ जिल्ला अन्तर्गत निम्बोङ अनि समथार क्षेत्रका दुईजना महिलाहरू कोरोना सङ्क्रमित भएका छन्। कालेबुङ जिल्लाको सुदुरवर्ती क्षेत्र निम्बोङ निवासी 70 वर्षिय महिला रहेको अनि समथार निवासी 60 वर्षीय महिलालाई कोरोना सङ्क्रमणको पुष्टि भएको हो। दुवैजना सङ्क्रमित महिलाहरूको गत 23 मईको दिन नै स्वाब लिइएको थियो भने तिनीहरू दुवैको रिपोर्ट पोजेटिभ आएको हो। निम्बोङ निवासी महिला केहिदिन अघि मात्रै दिल्लीबाट कालेबुङ आएकी थिइन् भने समथान निवासी महिलाको अहिलेसम्म यात्रा सम्बन्धी विवरण स्पष्ट हुन सकेको छैन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *