कालेबुङ जिल्लाको तीनवटा पञ्चायत समितिका सभापति तथा उप-सभापति छनौट

कालेबुङ : कालेबुङ जिल्लाको चारवटै खण्डमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले बोर्ड गठन गर्न सफल बनेको छ। आज तीनवटा पञ्चायत समितिका सभापति तथा उप-सभापति छनौट गरिएको छ। जसमा कालेबुङ एक खण्डका पञ्चायत समिति सभापति ममता गुरुङ तथा उप-सभापति उत्तम राई, लाभा खण्डको पञ्चायत समिति सभापति साङ्गे छोइम भोटिया तथा उप-सभापति अशोक लेप्चा, पेदोङ खण्डका सभापति पुष्पा सुब्बा अनि उप-सभापति सुकमित लेप्चालाई चयन गरिएको छ। यी नवनिर्वाचित पञ्चायत समितिका सभापति तथा उप-सभापतिलाई अनित थापा, रूदेन सादा लेप्चा लगायत अन्य शीर्ष नेतृत्वहरूले बधाई दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *