कालेबुङ जिल्लामा 3.30 बजीसम्म 41 प्रतिशत मतदान

कालेबुङ : आज सम्पन्न भइरहेको जीटीए चुनाउको मतदान अवधि अपरान्ह 3.30 बजीसम्म कालेबुङ जिल्लामा 41 प्रतिशत मतदान खसेको टिस्टा टाइम्स-का संवाददातामार्फत् जानकारी प्राप्त भएको छ। कालेबुङ जिल्लामा हालसम्म शान्तिपूर्ण ढङ्गमा मतदान सम्पन्न भइरहेको छ भने आज दिउँसो कतिपय बुथहरूमा सामान्य गडबडी भएपछि मतदाताहरूले केही समय मतदानको निम्ति पर्खनु परे तापनि पछि नयाँ ईभीएम मसिन मार्फत् चुनाउ प्रक्रिया पुनः शुरू गरिएको छ।


यसपल्टको जीटीए चुनाउमा पहाडको कतिपय राजनैतिक पार्टीले चुनाउमा अंश ग्रहण नगरेकोले गर्दा विगतको अन्य चुनाउहरूभन्दा आज चुनाउमा मतदान गर्न आउनेहरूको उत्साह त्यत्ति धेर देखिएको छैन। अधिकजसो बुथहरूमा नै मतदान कम खसेको जानकारी प्राप्त भएको छ। यसबाहेक सामान्य छुटपुट भनाभैरी बाहेक जीटीए चुनाउ शान्तिपूर्वक ढङ्गमा सम्पन्न भइरहेको छ।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *