कालेबुङ जिल्लामा पुलिङ अधिकारीहरू पुगे आ-आफ्नो बुथमा

कालेबुङ: कालेबुङ जिल्लाको 13 वटा समष्टिमा मोठ 270 वटा बुथहरूमा भोली 26 जूनको दिन बिहान 7 बजेदेखि अपरान्ह 5 बजीसम्म जीटीए चुनाउ सम्पन्न हुने भएको छ। चुनाउ निष्पक्ष अनि शान्तिपूर्ण ढंगमा आयोजना गर्नको निम्ति आज ती सबै बुथको निम्ति ईभीएम मशिन लगायत अन्य सामाग्रीहरूको साथमा लिएर पुलिङ अधिकारीहरू आ-आफ्नो बुथमा पुगेर लगभग चुनाउको तयारी गरिसकेको बताइएको छ। प्राप्त जानकारी अनुसार यस पल्टको जीटीए चुनाउमा जिल्लाभरिमा मोठ 79 जना उम्मेद्वारहरू रहेका छन् भने 13 वटा समष्टिमा मोठ मतदाताहरूको सङ्ख्या 2 लाख 8 हजार 4 जना रहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *