कालुबेङ जिल्ला नारी मोर्चा समिति गठन

कालेबुङ : गोर्खा जनमुक्ति मोर्चा केन्द्रीय समिति अध्यक्ष विनय तामाङको उपस्थितिमा आज गोर्खा जनमुक्ति नारी मोर्चा कालेबुङ जिल्ला समिति गठन गरियो। कालेबुङ जिल्लामा दलगत गतिविधिलाई तीव्र रूपमा अघि बढाउनको साथै सशक्त बनाउने उद्देश्यले गोजनामो कालेबुङ जिल्ला समिति गठन गरिएको पार्टी प्रतिनिधिहरूले जानकारी गराए। गोजनामो कालेबुङ जिल्ला समितिमा अध्यक्ष शशी प्रधान, उपसभापतिहरू अर्चना लोहार, ज्योति सरकार र बिनिता राई तथा सचिव सुनीता भुजेल, कार्यकारी सचिवद्वय निमा ल्हमु भोटिया र युडेन भोटियालाई चयन गरिएको छ। यसबाहेक निरा सुब्बा, सोनिका लामा, अर्मिना कार्की, आरती शर्मा, सविता लामा आदिलाई विभिन्न पदहरूमा चयन गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *