कालेबुङ जिल्ला प्राथमिक पाठशाला परिषद कालेबुङमैं हुनुपर्ने माग गर्दै बिमल गुरुङले गरे शिक्षा मन्त्रीलाई पत्राचार

कालेबुङ: कालेबुङ जिल्ला प्राथमिक पाठशाला परिषद कालेबुङमैं हुनुपर्ने माग गर्दै गोजमुमो अध्यक्ष बिमल गुरूङले राज्यका भारप्राप्त शिक्षा मन्त्रीलाई पत्राचार गरेका छन्। विगत 14 फरवरी 2017 मा कालेबुङ जिल्ला पश्चिम बंगालको 21औं जिल्लाको रूपमा गठन भए तापनि आजसम्म कालेबुङ जिल्ला प्राथमिक पाठशाला परिषद भने दार्जिलिङमै रहेको छ। यसैले कालेबुङवासीहरूले भोग्नु परिरहेका समस्याहरुबारे सरकारको ध्यानाकर्षण गराउँदै गोजमुमो अध्यक्ष बिमल गुरुङले जिल्ला पाठशाला परिषद कालेबुङमा पनि हुनुपर्ने माग गर्दै गर्दै राज्यका शिक्षा मन्त्री ब्रात्य बशुलाई पत्राचार गरेका छन्।


तिनले लेखेको पत्रमा कालेबुङ जिल्ला गठन भएपछि केही जिल्ला स्तरीय शैक्षिक संस्थाहरु बनिए अनि त्यसबाट स्थानीय वासिन्दाहरू धेरै लाभान्वित बने तापनि प्राथमिक पाठशालाहरु एवम् शिशु शिक्षा केन्द्रहरु अहिले पनि दार्जिलिङ जिल्लाकै प्राथमिक पाठशाला परिषदको अधिनस्थ रहेकोले धेरै समस्याहरू उत्पन्न भएको उल्लेख गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *