कालेबुङका 3 जना विजयी निर्दल उम्मेद्वार भागोप्रमो-मा सामेल

कालेबुङ : हालै सम्पन्न भएको जीटीए चुनाउमा विजय हासिल गरेका कालेबुङ जिल्लाको 4 जना स्वतन्त्र उम्मेद्वारहरूमध्ये 3 जना भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा-मा सामेल भएका छन्। कालेबुङको पार्टी कार्यालयमा आज एउटा कार्यक्रमबीच स्वतन्त्र उम्मेद्वारहरू 3 जना क्रमैले विकास राई, पीरे राई र कुमार शर्माले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा-लाई समर्थन जनाए। तिनीहरूलाई कालेबुङ जिल्ला पार्टी नेतृत्वहरूले स्वागत जनाउनको साथै भविष्यमा कालेबुङको विकास र समृद्धिको लागि एकैसाथ मिलेर काम गर्ने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *