कालेबुङका विधायक रूदेन लेप्चा गिन्नीको पीडित परिवारसित भेट गर्न पुगे मानाबारी कमान

मालबजार: कालेबुङका विधायक रूदेन सादा लेप्चा आज डुवर्सको माल ब्लकको मानाबारी चियाकमानस्थित दिवङ्गत गिन्नी विश्वकर्माको पीडित परिवारका सदस्यहरूसित भेट गर्न आइपुगे। यस अवसरमा तिनले पीडित परिवारका सदस्यहरूलाई यस दु:खको समयमा आफु पनि हजुरहरूसितै मर्माहित बनेर साथमा रहेको बताए। गिन्नी विश्वकर्मा दुष्कर्म र हत्याकाण्डको न्यायपूर्वक जाँचको निम्ति आफ्नो तर्फबाट पीडित परिवारलाई सहयोग गर्ने आश्वासन दिनको साथै आरोपीहरूले कठोरभन्दा कठोर सजाय पाउनु पर्ने बताए।


स्मरण रहोस, माल ब्लकको मानाबारी चियाकमानका नाबालिका गिन्नी विश्वकर्मा गत 25 जनवरी निखोज भएपछि तिनको दुष्कर्म गरेर हत्या गरिएको अवस्थामा रेलवे लाइनबाट शव उद्दार गरेको थियो। उक्त घटनापछि सम्पूर्ण पहाड, तराई डुवर्स क्षेत्र चारैतिरबाट तिनको हत्याकाण्डको व्यापक विरोध जनाउनको साथै आरोपीहरूलाई कठोर सजाय दिएर गिन्नीको पीडित परिवारलाई न्याय दिनु पर्ने मागमा हाल मानिसहरू सडकमा ओर्लिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *