कालेबुङका विधायक रुदेन लेप्चाले दिएको बयानको टीएमसी सांसद शान्ता छेत्रीले गरिन् खण्डन

खरसाङ : कालेबुङका नवनिर्वाचित विधायक रूदेन सादा लेप्चाले अबउसो विकासको निम्ति आफूले बहुमतमा जितेको समष्टिहरूलाई पहिलो प्राथमिकता दिने भनी दिएको वक्तव्यको तृणमूल कङ्ग्रेसका राज्यसभा सांसद शान्ता छेत्रीले खण्डन गरेकी छन्। छेत्रीले भनिन्, रूदेन लेप्चा एकजना जनप्रतिनिधि हुन, तिनले यसप्रकारको वक्तव्य दिनु हुँदैन। तिनको वक्तव्यले कालेबुङवासीको मनमा ठेस पुगेको छ भन्दै अतिशीघ्र रूदेन लेप्चाले आफ्नो वक्तव्य फिर्ता लिनुपर्छ भनी तिनले जनाइन्। छेत्रीले तृणमूल कांग्रेस नेत्री ममता ब्यानर्जीले तेस्रोपल्ट राज्यकी मुख्यमन्त्री पदको शपथ लिएकीमा तिनलाई बधाई पनि दिइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *