कालेबुङको निर्माणधीन अस्थायी गोर्खे पुल आजदेखि खोलियो

कालेबुङ : कालेबुङ जिल्लाको 38 नम्बर समष्टि अन्तर्गत पर्ने लिङ्से-लिङ्सेखालाई जोड्ने अस्थायी गोर्खे पुल आजदेखि खोलियो। हाल उक्त निर्माणधीन अस्थायी पुलको कार्य चलिरहे तापनि स्थानीय मानिसहरूले भोगिरहेको समस्यालाई ध्यानमा राखेर निर्माणधीन अस्थायी गोर्खे पुल वाहन चल्न सक्ने भएपछि आजदेखि खोलिदिएको गोजमुमो विनयपन्थी 38 नम्बर समष्टि अध्यक्ष रन्जीत राईले जानकारी दिएका छन्। यसको साथै केही दिनको अवधिमा उक्त निर्माणधीन पुल पूर्ण रूपमा तयार हुने तिनले बताए। स्मरण रहोस्, गत केही दिन अघि अविरल वर्षाको कारण 38 नम्बर समष्टि अन्तर्गत पर्ने लिङ्से-लिङ्सेखालाई जोड्ने गोर्खे पुल धरापमा रहेकोले गर्दा स्थानीय मानिसहरूलाई यातायातमा समस्यामा भइरहेको थियो। कालेबुङका विधायक रूदेन सादा लेप्चाले उक्त पुलको स्थलगत निरीक्षण गरेर वर्षाको समयमा यहाँका मानिसहरूलाई यातायात गर्नमा असुविधा नहोस् भन्ने उद्देश्य लिएर अस्थायी पुल निर्माण गर्ने दिएको वचनअनुसार तत्कालै पुल निर्माणको काम शुरू गरेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *